कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवको माछा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । भने अर्की एक बालिका घाईते भएकी छन् । सुक्रबार साँझ कलैया उपमहानगरपालिका वडा नं.१६ पकडी स्थीत यादवको माछामा पोखरीमा डुबेर स्थानिय विरेन्द्र रामका ४ बर्षिय छोरा अभिषेक रामको मृत्य भएको हो ।
यद्यपी प्रहरीले भने मेयरको माछा पोखरीमा नभई सडक खन्ने क्रममा बेनेको खाल्डोमा जमेको पानिमा डुबेर बालकको ज्यान गएको बालिका घाईते भएको बताएको छ ।
मृतक अभिषेकसँगै खल्न गएकी उनका काका हरेन्द्र रामकी छोरी ५ बर्षिया सन्जना कुमारी समेत घाईते भएकी थिईन । उनको उपचारपछि स्वस्थ्यमा सुधार आई आफन्तले घर लगेका शनिबार डिस्चार्ज गरी घरलगेका बाराका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए । भने अभिषेखको उपचारका क्रममा सुक्रबार राती कलैया अस्पतालमा ज्यान गएको उनले बताए । प्रहरी निरिक्षक यादवले सडक खन्ने क्रममा बेनेको खाल्डोमा जमेको पानिमा डुबेर बालकको ज्यान गएको बालिका घाईते भएको बताए ।
घर नजिकैको पोखरीको डिलमा खेल्ने क्रममा पानिमा डुबेका घाईते दुबै बालकको धान गोडेर फर्कदै गरेका स्थानियले उद्दार गरेर अस्पताल पठाएका थिए ।
यता स्थानियका अनुसार पोखरी कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवको हो । माछा पालन गर्ने उदेश्यले गतबर्ष मात्रै गाउँ नजिकै उनले पोखरी खनेका थिए । मेयरको पोखरीमा डुबेर बालकको ज्यान गएपछि स्थानिय आक्रोसित बनेका छन् ।
पडित पक्षसँग शनिबार कलैयामा भएको छलफलमा मेयर यादवले ३ लाख रुपैया क्षेतीपूर्ती दिने सहमती गरी मिलापत्र गरेको वडा नं.२ का अध्यक्ष राजेश मण्डलले जानकारी दिए । सहमतीपछी कलैया अस्पतालबाट परिवारर्ले बालकको शव बुझेको उनले बताए ।
मिलापत्र पछि प्रहरीमा सडक खन्ने क्रममा बेनेको खाल्डोमा जमेको पानिमा डुबेर बालकको ज्यान गएको ब्यहोराको उजुरी प्रहरीमा गरिएको बताईएको छ ।