काठमाडौं । आइतबार अफगानिस्तानको राजधानी सहर काबुललाई तालिबानले आफ्नो कब्जामा लियो ।
मुलुकका अधिकांश स्थानलाई आफ्नो कब्जामा लिइसकेको तालिबानले काबुल पनि कब्जामा लिएपछि आत्तिएका धेरै मानिस छिटो भन्दा छिटो अफगानिस्तान छाड्न चाहिरहेका छन् । त्यसको झल्को सोमबार हामिद कारजाई विमानस्थलमा देखिएको छ ।



अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हजारौं अफगानी नागरिक मुलुक छाड्नको लागि विमानस्थल पुगेका छन् । यद्यपि सोमबार अमेरिकी सेनाले विमानस्थललाई नियन्त्रणमा लिँदै सबै व्यवसायिक उडान रद्द गरेको छ । अहिले हामिद कारजाई विमानस्थलबाट केवल सैन्य उडान मात्र भइरहेको छ ।