एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी विधेयक २०८० नगरबासीको हितमा रहेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले बताउनु भएको छ ।

चन्द्रागिरि नगरपालिकाको १२औं नगरसभाले सर्वसम्मत पारित गरेको विधेयकविरुद्ध खानेपानी उपभोक्ता समितिहरु आन्दोलित भएका हुन् । तर, नगरपालिकाले भने विधेयकले सर्वसुलभरुपमा नगरबासीहरुमा खानेपानी पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै कुनै असमझदारी भए सिधै नगरपालिकामा सम्पर्क गर्न आम उपभोक्तामा आग्रह समेत गरेको छ ।

नगरपालिकाले विधेयकमार्फत् उपभोक्ता समिति निष्कृय गरी नीजि क्षेत्रलाई पानीको अधिकार दिन लागेको भन्ने हल्लामा कुनै सत्यता नभएको नगरपालिकाले स्पष्ट पारेको छ । पानीमा समान पहुँच र समान महसुल तथा समान वितरण प्रणालीका लागि विधेयक अति आवश्यक रहेको र असन्तुष्ट पक्षको मागलाई कार्यनिर्देशिकामार्फत् सम्बोधन गर्न नगरपालिका लागिपरेको प्रवक्ता खड्गी बताउनु हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय