काठमाडौँ: माधव नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ ।

नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । साथै संघीय संसदका ३१ सांसद एमाले समाजवादीमा रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेपालको नयाँ पार्टीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, राजेनेद्र पाण्डे, विरोध खतिवडा, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायत नेताहरु छन् ।

यद्यपि नेपालसँग सुरुदेखि सँगै रहेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लषायत नेताहरु भने अझै खुलेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय