काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका २ सय ५ जना नेपाली कामदारहरु जेलमा रहेका छन् । मलेसियाले कानून उल्लंघन तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेको जनाइएको छ ।
त्यसमा २ जना महिला रहेका छन् । जेल परेकामध्ये १६ जनालाई मृत्युदण्डको सजाय समेत सुनाइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीमा विभिन्न देशमा गएका ५ सय ४५ जना नेपाली कामदार जेलमा रहेको बोर्डले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी नेपाली कामदार मलेसियामका जेलमा रहेको पनि बोर्डले जनाएको छ ।