आर्थिक वर्ष ०७९-०८० भ्रखरै मात्र सकिएको छ । जिल्लाका सबै सरकारी निकायहरुले लक्षीत प्रगती हाँसील गरेको विवरण सार्वजनीक गरीरहेका छन । विषेश गरी युवा स्वरोजगार कृषि पशु क्षेत्र ,उद्योमविकास तथा सिप विकास र व्यवसायीकताका क्षेत्रमा काम गरीरहेका सरकारी अढढाको तथ्याङ्ग सत प्रतिशत प्रगती देखिन्छ । सरकारी निकायको अपेक्षाकृत योजना र कार्यन्वयको अवस्थाले वैदेशीक रोजगार बाट फर्कीएका र गाउँमै स्वरोजगार गरीरहेका युवा पुस्तालाई छुन सकेको छैन । उनिहरुले नेपालमा सम्भावना र सरकारी नाराको आसमा नेपाल फर्कीयर उद्योम शुरु गरेको भएपनि पुन फर्कीनु पर्ने अवस्थामा आँफुहरु पुगेको बताउँछन । कुश्मा ७ वडारे कृषि फर्मका सञ्चालन गौरव क्षेत्री र होजीयारी सञ्चालक मोदी ५ वाजुङकी राजेस्वरी मल्लले सरकारी निकायको कार्यक्रमले आँफुहरुलाई नसमेट्दा अन्य पेशा वा विदेश नै जानु पर्ने अवस्था आएको बताए ।

जिल्लामा कृषि ज्ञान केन्द्र , पुश सेवा तथा भेटनरी अस्पताल ,सिप तथा व्यवसायीक तालिक केन्द्र , डिभिजन वन , प्रधान मन्त्री कृषि आधुनीकीकरण , र सात स्थानीय तहका विषयगत शाखा , उद्योम विकास शाखा गरेर दर्जन भन्दा बढी सरकारी अढढाले उद्योम र उद्योम विकासको क्षेत्रमा कार्यक्रम बनाउने र सञ्चालन गर्ने गर्दछन । जिल्लका सरकारी अढढाहरुले अनुदान र तालिममा एउटै उद्योमी र व्यापारीलाई ढुब्लीकेशन गर्ने गरेका कारण उद्योगीहरु फस्टाउन नसकेको पर्वत उद्योग वाणिज्य संघको दावी छ । अध्यक्ष गोपि अधिकारीले ३ हजार ७ सय ६२ उद्योग र ३ हजार ३ सय ३५ वाणिज्य रहेको पर्वतमा उद्योगीहरु बढनुको सटटा यो अर्थिक वर्षमा घटेको बताए ।

पर्वतमा गत आर्थिक वर्षमा ५२ प्रतिशतले उद्योग दर्ता खारेज भएका छन भने १९ प्रतिशतले नयाँ उद्योग दर्ता भएको पर्यटन उद्योग कार्यलय पर्वतको तथ्याङ्क छ ।कार्यलय प्रमुख मुना अधिकारीले साना लघु घरेलु उद्योगलाई बैंकले लगानी नगर्ने तथा स्थानीय उत्पादनले आयातीत वस्तुको बजार प्रतिस्थापन गर्न नसक्दा पनि उद्योग दर्ता घटेको हुन सक्ने बताईन ।

यसरी जिल्लामा दर्जन भन्दा बढी सरकारी अढढाहरुले उद्योगी सृजना र स्वरोजगार सृजना , महीला उद्योमका क्षेत्रमा करोडौं बजेटका कार्यक्रम सञ्चालन गरेर कागजमा मात्रै सत प्रतिशत देखीने गरेको छ । कार्यक्रमले उद्योमी र उद्योमीका योजना समेटीन नसक्दा पर्वतमा उद्योग दर्ता भन्दा खारेजी दर बढन थालेका छन ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय