काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा कागजात कीर्ते गरी व्यक्तिको नाममा पु-याएको भन्दै चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । सीआइबीले दिएको रायको आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दायर गरेको हो । पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतमा आज दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । ५२ जनाबाट जग्गा जफत गर्न माग दाबी गरेको छ ।सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेपनि सरकरी वकिल कार्यालयले सरकारी कीर्तेमा मात्र मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय