विद्युत प्राधिकरण पालुङ शाखा कार्यालय मकवानपुरको मिलेमतोमा थाहा नगरपालिका वडा नम्बर ६ मा ११ हजार भोल्टेजको तारलाई घरको माथिल्लो तल्लाबाट भित्र पारी निर्माण गरिरहेको पाइएको छ ।
स्थानीयको गुनासो पछि वडाअध्यक्ष राजेन्द्र भक्त श्रेष्ठले अनुगमन गरेपछि घर धनीसँग रकम लिएर पालुङ शाखाका केही कर्मचारीले यस्तो गल्ती गरेको प्राधिकरण प्रमुखले स्वीकार गरेको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसरी हाइट्रेसन लाइन वरपर घर निर्माण गर्न पाईदैन तर, कर्मचारी आर्थिक प्रलोभनमा पर्दा घरभित्रै लाइन राखेर निर्माण गरेको देख्दा आफू आश्चर्य चकित भएको बताए । यसले कुनै पनि बेला ठूलो दुर्घटना निम्त्याउने भन्दै वडा कार्यालयले निर्माण कार्य रोकेको छ । तर, प्राधिकरणका कर्मचारीले गैरजिम्मेवारीपूर्ण तरिकाले काम गर्दा पनि त्यस्ता कर्मचारीलाई कुनै कारवाहीको प्रक्रिया अघि बढेको छैन । यस्ता कर्मचारीलाई कारवाही नगर्नु भनेको दालमा कुछ काला भन्नेझै विद्युत प्राधिकरण कार्यालय पालुङका प्रमुखको पनि मिलेमतो छ भन्नेमा स्पष्ट भएको छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470