धनगढी । प्रहरीको हिरासतबाट एक थुनुवा फरार भएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट बुधबार राति साढे ८ बजे थुनुवा फरार भएका हुन् ।कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझा बस्ने २६ वर्षीय वीरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेको प्रहरीले जनाएको छ ।

बडायक लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई साउन १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थिए । वडायल हिरासत कक्षको बाथरुममा रहेको भेन्टिलेसनको ग्रील तोडेर भागेको बताइएको छ ।थुनुवा बडायकको खोजी प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा भइरहेको छ ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय