पेट्रोलियम पदार्थको मूल्य एक महिनामै तीन पटक वृद्धि भएर आकाशिएको छ । दुई महिनामै डेढ अर्ब नाफा सुनिश्चित गरेको नेपाल आयल निगमले निरन्तर मूल्यवृद्धि गर्दा यसको प्रत्यक्ष मार भने आम सर्वसाधारणमा परेको छ ।

एक महिनाको अवधिमै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । निगमले बिहीवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा ३ तथा खाना पकाउने एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ३५ रुपैयाँले मूल्य बढाएपछि उपभोक्ताहरु थप मारमा परेका छन्  । मुल्य वृद्धिपछि पेटोलको मुल्य प्रति लिटर १ सय ८२, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १ सय ७० र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९ सय पुगेको छ । मुल्यवृद्धिको प्रत्यक्ष असर उपभोक्ताहरुलाई परेको छ ।

आयल निगमलाई कहिल्यै घाटा नहुने गरी लागू गरिएको स्वचालित प्रणालीले एक महिनायता पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । एक महिनामै तीनपटक मूल्य बढेर पेट्रोल प्रतिलिटर १८ रुपैयाँ र डिजेल २४ रुपैयाँ महंगिएको छ । उपभोक्ता महंगीको मारमा परिरहँदा निगम भने स्वचालित मूल्य प्रणाली लागू गरेपछि अन्तर्राष्ट्रिय भाउअनुसार मूल्य घटबढ हुनु स्वाभाविक भएको बताउँछ ।

आइओसीले पठाएको मूल्यसूचीमा पेट्रोल ३ रुपैयाँ १७ पैसा, डिजेल २ रुपैया ४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ८६ रुपैयाँ ४५ पैसाले बढेर आएकाले मूल्य बढाउनु परेको निगमले जनाएको छ । निगमले नाफा मात्रै कमाउन लागू गरेको स्वचालित प्रणालीले आम उपभोक्ता भने महंगीको मारमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय