कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय कर्मचारीविहीन भएपछि भारतबाट आउने खाद्यान्न, तरकारी र फलफूलको आयात ठप्प भएको छ । २६ दिनदेखि खाद्यान्न, तरकारी र फलफूल नआएको कैलाली भन्सार कार्यालयले जनाएको छ । खाद्यान्न, तरकारी र फलफूल आयात ठप्प भएपछि कैलालीमा खाद्यान्न अभाव हुन थालेको छ । त्रिनगर भन्सार नाकामा रहेका कर्मचारी बाहिर गएको र उनको ठाउँमा आएका कर्मचारीलाई महेन्द्रनगरबाट धनगढी आउन रोकेपछि यहाँको क्वारेन्टाइन ठप्प भएको हो ।

क्वारेन्टाइनमा कर्मचारी नभएर आयात ठप्प भएपछि ब्यवसायी र सर्वसाधारण मारमा परेका छन् । क्वारेन्टाइन सञ्चालन नहुँदा नेपालगन्जको रुपडिया नाकाबाट महगों भाडा तिरेर खाद्यान्न तथा तरकारी आयात गर्नुपर्दा मूल्य महँगिएको र प्रदेशको राजस्वमा पनि असर पुगेको भन्दै व्यवसायीहरुले तत्काल क्वारेन्टाइन सञ्चालन गर्न माग गरेका छन् ।त्रिनगर नाकाबाट भारत र तेस्रो मुलुकबाट समेत खाद्यान्न, तरकारी र फलफूलजन्य सामानको आयात हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय