काठमाडौं । शनिबारदेखि बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अधिवेशनबाट ५ जना पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । पाँच पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालबीच प्रतिष्पर्धा छ ।

२०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माको उम्मेदवारी परेको छ भने सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय