यूपीको सहारनपुरमा अस्पतालबाटै एक नवजात शिशुको चोरी भएको छ । अस्पतालको महिला वार्डबाट एक नवजात शिशुको चोरी भएको हो । बच्चा अगष्ट १४ तारिकमा जन्मिएको थियो ।
आफ्नो बच्चा अस्पतालबाट चोरी भएपछि पीडितले अगष्ट १६ मा प्रहरीमा उजुरी दर्ता गरेकी थिईन । उजुरी दर्ताभएसँगै प्रहरीले अनुसन्धानको क्रममा अस्पतालको सीसीटिभी फुटेजलाई नियन्त्रणमा लिई बालकको खोजी गरिरहेको छ । बेहट इलाकामा बस्ने शाहरीन नामकी महिलाकी पाँच छोरी छन् । उनले पाँच छोरीपछि छोरो जन्माएकी थिइन् ।






