काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सह–महामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उहाँले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको भन्दै विरोध जनाएका हुन । महामन्त्री थापाले घटनाको विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरुको बारेमा अनुसन्धानका साथै प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गर्नुभयो ।

पूर्व मन्त्रीमाथि भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्री बोल्नुपर्ने महामन्त्री थापाको भनाइ छ । सन्काले हान्यो भनेर यसलाई थामथुम पार्ने सामसुम पार्न खोजिएको भन्दै आपत्ति समेत जनाउनु भयो । थापाले गृहमन्त्री श्रेष्ठलाई काठमाडौंमा एक्लै हिड्न नसक्ने वातावरण बनेको हो भन्दै प्रश्न समेत गर्नुभएको थियो । कोही जलाइदिन्छु भन्ने कोही दिनदहाडै खुकुरी हान्ने यस्तो घटना सामान्य नभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय