

विराटनगरको सांस्कृतिक पहिचान बनिसकेको राधाकृष्ण रथयात्राको ५५ औं संस्करण आज हुँदैछ । ५५ वर्षयता विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिएको छ । यात्राका क्रममा आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइने गरिन्छ ।
यसपटक तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट शुरू हुने रथयात्रा ट्राफिक चौक–रोडशेष चौक–बसपार्क–महेन्द्र चौक–भृकुटी चोक– बरगाछी चौक र दुर्गा चौकहुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ । धार्मिक उत्सवमा नेपाल र भारतबाट श्रद्धालुहरूले सहभागिता जनाउने गर्दछन ।







यो बर्ष पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । विस १९८८ मा खटयात्राबाट शुरू भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको हो । रथयात्रामा पाँच हजार सुरक्षाकर्मीले रथयात्रालाई सुरक्षा प्रदान गर्नेछन् ।