इन्स्पायर नोबल फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । आज नेपाल खेलकुद पत्रकार मञ्चको रोहबरमा भारतबिरुद्ध छक्का प्रहार गरेका कुशल भुर्तेल र सोमपाल कामीलाई समान एक लाख रुपैयाँ प्रदान गरेको हो । पुरस्कृत खेलाडीले पुरस्कारवाट आफूहरुलाई थप हौसला मिलेको र एसिया कपमा राम्रो अनुभव बटुल्न पाएको बताए ।
एशिया कप–२०२३ अन्तर्गत भारतबिरुद्धको खेलअघि फाउण्डेसनले छक्का प्रहार गर्नेलाई प्रतिखेलाडी एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । भारतबिरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए । फाउण्डेसनले भारतबिरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।






