काठमाडौं । मोरक्कोमा  गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २९६ जनाको मृत्यु भएको छ ।

सयौ घाइते भएका छन ।भूकम्पको केन्द्रविन्दु हाई एटलस पहाडमा थियो, लगभग ७२ किलोमिटर माराकेचको दक्षिणपश्चिममा, लगभग ८ लाख पचासहजार मानिसहरू बसोबास गर्ने शहर र एक लोकप्रिय पर्यटक गन्तव्य हो । भुकम्पबाट माराकेश शहर नराम्ररी प्रभावित भएको छ । माराकेश युनेस्को विश्व सम्पदा सुचिकृत स्थल हो । माराकेशको पुरानो सहरका केही भवनहरू ध्वस्त भएका छन् । भुकम्पले भवनहरू क्षतिग्रस्त भएका छन । अन्तराष्ट्रिय संचार माध्यमहरुमा भवनहरु हल्लिरहेको र भग्नावशेषले भरिएका सडकहरू देखीयका छन । मानिसहरु अलर्टमा भागिरहेको र कोही धुलोको बादलबाट हिंडिरहेको देखिन्छ । शहरमा शक्तिशाली पराकम्पन गइरहेकाले स्थानीयहरु घरबाहिर देखिन्छन ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तर अफ्रिकी राष्ट्रको त्यो भागमा अहिलेको भुकम्प १२० वर्षभन्दा बढी समयको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय