काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कोशी प्रदेशमा आफ्नो पार्टी मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा नरहेको बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले मध्यावधिमा जाँदा जनता र देशलाई अर्थको भार पर्ने भएकाले मध्यावधिमा जान नहुने बताउनु भएको हो ।

कार्यक्रममा अध्यक्ष नेपालले यदी कोशी प्रदेशमा मध्यावधि चुनाव भए पनि आफ्नो पार्टीले अहिलेको भन्दा तीन गुणा बढी सिट जित्ने दाबी समेत गर्नुभयो । कोशी प्रदेश सरकार टिकाइराख्न सबै मिलेर लाग्नुपर्ने उहाँको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय