भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा अहिले देखिएका सबै संकट मिलेर समाधान गर्नुपर्ने बताउनुभएको छ । विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरुको संगठन जी–ट्वान्टीको शिखर सम्मेलनको उद्घाटन गर्दै मोदीले युगौंदेखिका पूराना चुनौतिहरु फेरि पनि देखापरिरहेको उल्लेख गर्दै मानवीय शान्तिका लागि सबैले जिम्मेवारी ग्रहण गर्दै अघि बढ्नुपर्ने बताउनु भयो ।

कोरोना संक्रमपछि विश्वमा विश्वासको ठूलो संकट र युद्ध निम्तिएको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले त्यसलाई सबै मिलेर समाधान गर्नुपर्नेमा समेत जोड दिनुभयो । आजबाट भारतको राजधानी नयाँ दिल्लीमा शुरु भएको सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकसहित १७ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी छन् । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय