

हिमाली जिल्ला सोलुखुम्बुमा बिश्व आत्माहत्या रोकथाम दिवस मनाएको छ । सोलुदुधकुण्ड नगरपालिका र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त आयोजनामा दिबस मनाएको हो । आत्माहत्याले हाम्रो परिवार ,समाज र राष्ट्रलाइ नष्ट गर्छ । जीवनलाइ आत्मासात गर,आत्माहत्या बन्द गर ।
जीवन एउटा उपहार हो ,जीवनलाइ सार्थक बनाउनुहोस समाज बलियो बनाऔ आत्माहत्या बन्द गरौ भन्ने जस्ता नारा लगाउदै र प्ले कार्ड ब्यानर बोकेर नयाँ बजारको जेरोपइन्टबाट सुरु भएको ¥यालिले नगरको परिक्रमा गरी समन्बयको प्राङगणमा पुगि कोण सभामा परिणत भइ ¥यालि समापन भएको थियो ।






नगर प्रमुख ,उप प्रमुख प्रमुख जिल्ला अधिकारी जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, कर्मचारी ,मानब अधिकारकर्मि महिला संजालका प्रतिनिधिहरु नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेनाका जवानहरु शिक्षक बिद्यार्थीहरु र सन्चारकर्मीहरुको ¥यालिमा उपस्थिति रहेको थियो ।