भुकम्प प्रभावित अफ्रिकी मुलुक मोरक्कोमा रहेका सबै नेपाली सुरक्षित रहेको सरकारले जनाएको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासले मोरक्कोमा रहेका ५० जना नेपाली दूतावासको सम्पर्कमा आएको जनाएको हो । इजिप्टस्थित नेपाली दूतावासले मोरक्कोसहित १७ देशलाई हेर्ने गर्दछन ।

अहिलेसम्म नेपाली भुकम्पमा परेको जानकारी नआएको पनि दूतावासले जनाएको छ । शुक्रबार राति मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु रहेको काशाब्लाङ्का आसपासका क्षेत्रमा नेपाली बसोबास नगर्ने पनि दूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय