काठमाडौं । नेपाली कांग्रेसको आयोजनामा आजवाट ललितपुरमा बिपी साहित्य महोत्सव शुरु भएको छ । नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महोत्सव उदघाटन गरेका हुन । महोत्सव उद्घाटन गर्दै सभापति देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै रुपमा बिपीको विचारलाई अनुकरण गरिहेको दाबी गरे ।

सभापति देउवाले समयको अन्तरालसँगै मुलुक बिपीले देखाएको प्रणालीमा अघि बढेको तर मुलुकले स्थायित्व भने पाउन नसकेको गुनासो गरे । नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भएपनि यसको मर्म अनुसार अभ्यास गर्न नपाएको उनको भनाइ थियो । सभापति देउवाले बीपी राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मित्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्ने व्यक्ति भएको बताए । महोत्सवमा तीन दिनसम्म बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । महोत्सवमा १५ सेसन चल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय