काठमाडौं । एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ ।
गएराति ७१ वर्षको उमेरमा ह्दयघातबाट निधन भएको हो । नेम्वाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको थियो । नेम्वाङको मृत्युभएको खबर सुनेपछि विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए । नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी हुनभयो । यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर २ बाटै विजयी भएका थिए। २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रिय सभा सदस्य समेत हुनुभयो ।






