

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते काठमाडौंमा हुने भएको छ ।
नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने अधिवेशनले क्यानको नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।






