काठमाडौं । एशिया कपको उपाधि भिडन्त श्रीलंका र भारतबीच हुने भएको छ ।

पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पार्यो । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा घटाइएको थियो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो ।

एशिया कपको फाइनल खेल भाद्र ३१ गते हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय