काठमाडौं । न्यायपरिषदको बैठकले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । न्यायपरिषदको आज बसेको बैठकबाट सरकारी वकिल, न्याय प्रशासन र कानुन समूहबाट १÷१ जना न्यायाधीशमा सिफारिस भएका छन् । १८ जना जिल्ला न्यायाधीश छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट न्यायाधीशमा सिफारिस भएका छन् । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् । न्यायपरिषदले ६० जना न्यायाधीशको सरुवा पनि गरेको छ । न्यायपरिषद बैठकले ३४ जना उच्च अदालत र बाँकी २६ जना जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय