काठमाडौं । महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिएसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । राजधानीको न्यूरोडदेखि असन बजारसम्म चहलपहल बढ्दा व्यवसायीहरुले भने बितेको वर्षको तुलनामा व्यापार घटेको बताएका छन् ।

तीजका बेला विगत वर्षहरुमा दैनिक २५ हजारको हाराहारीमा ब्यापार हुने गरेकोमा यस वर्ष भने करिव १५ हजारको हाराहारीमा मात्र व्यापार हुने गरेको व्यवसायीहरुको गुनासो छ । व्यवसायीहरुले विगतको तुलनामा व्यापार घटेको गुनासो गरिरहँदा उपभोक्ताहरुले भने बजारमा खोजे जस्तो सामान नै नपाएको बताएका छन् । सर्वसाधारणहरुको ढाड सेकिने गरि भएको मूल्यबृद्धिले पनि उपभोक्ताहरु निरास भएका छन् ।

तीजमा रातो, पहेलो, हरियो रङका चुरा, पोते, धागोलगायतका श्रृङगारका सामग्री बढी प्रयोग गर्ने गरिन्छ । महिलाहरुले प्रयोग गर्ने चुरा, पोते, टीकालगायतका श्रृङगारका सामग्रीहरु धेरैजसो भारतबाट आयात हुने गरेको छ । पछिल्लो अष्ट्रेलिया, क्यानडा, डेनमार्क, जर्मनी, इजरायल, इटाली लगायतका देशबाट समेत नेपालमा चुरा पोते भित्रिने गरेका छन् । प्रत्येक वर्ष तीजका लागि मात्रै पोते, चुरा, टीकालगायत श्रृङगारका सामग्री आयात गर्दा करोडौँ रकम विदेशीने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय