

काठमाडौं । चीनमा हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, प्रतिश जीसी, आसिफ शेख, करण केसी, गुलशन झा, सोमपाल कामी र सन्दीप जोरा रहेका छन् । साथै विनोद भण्डारी, विवेककुमार यादव, अविनाश बोहरा ललित राजवंशीलाई क्यानले टोलीमा समावेश गरेको छ ।






४५ देशको सहभागिता रहने एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउने छ भने २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।