काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाँदै हुनुहुन्छ ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज साँझ ६ बजे कतार एयरवेजको जहाजबाट न्यूयोर्क जान लाग्नु भएको हो । दाहालले असोज ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्री दाहालले नेपालले राष्ट्र संघमा आबद्ध अल्पविकसित देशको समूह एलडीसीको अध्यक्षता गर्नुहुने छ । प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि भेट्नु हुनेछ ।

प्रधानमन्त्रीको साथमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याललगायतको सहभागीता रहने छ । परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली न्यूयोर्क पुगिसकेको छ । राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल न्यूयोर्कबाटै असोज ५ गते चीन जानु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय