काठमाडौं । कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति नेपाली काँग्रेसका महामन्त्री गगन थापाले असन्तुष्टि जनाउनु भएको छ । स्वास्थ्य संस्थामाथि नै हिंसात्मक घटना भइरहँदा पनि प्रधानमन्त्री दाहालले बालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा आफ्नो अभिव्यक्ति दिएको भन्दै महामन्त्री थापाले असन्तुष्टि जनाउनु भएको हो । थापाले प्रधानमन्त्रीले सो प्रकरणमा किटान गरिएका दोषीलाई कारबाही गर्ने ढंगले अभिव्यक्ति नदिएकोमा आपत्ति समेत जनाए ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले सो घटना कान्ति बाल अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण हुन गएको बताउनु भएको थियो । थापाले घटनामा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग समेत गर्नुभयो । उहाँले मकवानपुरमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पनि तत्काल कारबाही अघि बढाउन आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय