नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सशक्तीकरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान जरुरी भएको बताएका छन् । शनिवार झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबै टोलमा गाउँ सेवा दल बनाउन पार्टी पंक्तिलाई निर्देशन समेत दिए । उनले काङ्ग्रेसले गर्ने हरेक कार्यक्रमको स्वरुप परिवर्तन हुनु पर्नेमा जोड दिँदै उनले काङ्ग्रेसका हरेक हातहरु सहयोगी बन्नु सक्नु पर्ने बताए ।

पार्टी सभापतिको आलोचना गरेर मात्रै केही नहुने भन्दै महामन्त्री शर्माले विधानमा व्यवस्था भएका काम गर्न नसक्नुमा आफूहरूको पनि कमजोरी रहेको स्वीकारे । उनले झापामा हात्ती नियन्त्रणका लागि ५८ किलोमिटर क्षेत्रमा डिपीआर बनेको र अढाई करोड बजेट छुट्टिएको पनि जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय