

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताउनु भएको छ । २० वर्ष सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पार्नुभएको छ ।
आज भक्तपुरमा आयोजित विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताउनु भयो । बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई भने आफूले तोड्न चाहेको बताउँदै ओलीले बाँचुन्जेलसम्म पद छोड्न नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उल्लेख गर्नुभयो ।






ध्यक्ष ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको भन्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने दाबी समेत गर्नुभयो ।