

नेपालका सुन्दर नरसिंह जोशी साफको प्रतियोगिता प्रमुखमा नियुक्त भएका छन् । शनिबार साफको कार्यसमिति बैठकले जोशीलाई प्रतियोगिताको प्रमुखमा नियुक्त गरेको हो ।साफ हेडक्वार्टर बंगलादेशमा बसेको बैठकले चार स्थायी समिति गठन गर्दा प्रतियोगिता समितिको प्रमुखमा नेपालको ए डिभिजन क्लब एनआरटीका जोशीलाई प्रमुखको जिम्मेवारी दिएको हो ।
साफ बैठकले आर्थिक, मार्केटिङ र विकास समिति पनि गठन गरेको छ । यस्तै साफ बैठकले सन् २०२४ को कार्य तालिकालाई समेत पारित गरेको छ । बैठकको निर्णय अनुसार साफले आगामी वर्ष चार युथ प्रतियोगिता र एक सिनियर महिला प्रतियोगिताको आयोजना गर्नेछ । जसमा साफ यू–१९ महिला, साफ यू–१६ महिला, साफ यू–२० च्याम्पियनसिप, साफ यू–१७ च्याम्पियनसिप र साफ च्याम्पियनसिप रहेका छन् ।





