

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक गतिविधि बढाउने सरकारको लक्ष्य रहेको बताएका छन् । आईतवार कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले अर्थतन्त्रले बिस्तारै लय पक्रदै गएको भएपनि राजस्वमा भने समस्याहरु कायमै रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ब्याज कम गर्न बैंकहरुलाई आग्रह समेत गरे ।
मन्त्री महतले नियमनकारी संस्थाहरुले अर्थतन्त्रको दिशालाई मध्यनजर गर्दै आफ्नो निति निर्माण गर्नुपर्ने उनको भनाइ छ ।





