काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वार्षिक समीक्षा बैठक सम्पन्न गरेको छ । बैठकमा नगरपालिकाका १७ वटा विषयगत शाखाहरुले आ–आफ्नो प्रगति विवरण पेश गरेका हुन् । बैठकमा प्रशासन शाखाले आर्थिक वर्ष २०७९-०८० मा चार वटा ऐन, १२ वटा कार्यविधि, तीन वटा मापदण्डसहित १९ वटा विषय राजपत्रमा प्रकाशित गरेको छ । गत आ.व.मा नगरसभाको पाँच वटा बैठक बसेको थियो भने २६ वटा कार्यपालिका बैठक बसेको थियो । नगरपालिकाको विषयगत शाखामा भए गरेका काम कारवाहीको वार्षिक समीक्षा कार्यक्रममा प्रशासन शाखाले उक्त जानकारी दिएको हो ।

नगरपालिकाको आर्थिक प्रशासन शाखाले कूल विनियोजित बजेट २ अर्ब ४६ करोड ९३ लाख २८ हजार ७ सय ७९ मध्ये १ अर्ब ८९ करोड ८८ लाख ३० हजार ९ सय १५ कूल आम्दानी गरेको जानकारी दिएको छ । उक्त आम्दानी ७६ दशमलव ८९ प्रतिशत हो भने कूल विनियोजित बजेटभन्दा ५७ करोड ४ लाख ९७ हजार ८ सय ६३ रुपैंयाँले कमी हो ।

शाखाले कृषि, उद्योग, पर्यटन, सहकारीलगायतका विषयमा १९ करोड ८० लाख ७५ हजार बजेट विनियोजन गरेकोमा ७ करोड ३९ लाख ५ हजार ५ सय ९९ रुपैयाँ मात्र खर्च गरेको छ । यो खर्च ३७ दशमलव ३१ प्रतिशत मात्र हो ।

नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन र खानेपानी शाखाले फोहोर मैलाका लागि १ करोड ७९ लाख १७ हजार ९ सय ६९ रुपैयाँ र विपद् व्यवस्थापन खर्च कोषका लागि १ करोड ४३ लाख ९२ हजार १ सय ६५ रुपैयाँ बजेट खर्च गरेको छ ।

यस्तै, योजना शाखाले १४ सय १४ वटा योजना संख्या भए पनि ७ सय ६१ योजना मात्र सम्पन्न गर्न सकेको छ । योजना कार्यान्वयनमा ७९ करोड ८ लाख ४३ हजार ५ सय रुपैयाँ बजेट खर्च भएको छ । १ सय ११ वटा सम्झौता भइ भुक्तानी हुन बाँकी रहेको शाखाले जनाएको छ । योजना सम्पन्न प्रगगि ५३ दशमलव ८१ प्रतिशत रहेको छ भने योजनामा कूल ५५ प्रतिशत बजेट खर्च भएको छ ।

यता, नगरपालिकाको कानून शाखाले कूल ६७ वटा उजुरी नालिस परेको जनाएको छ । जसमध्ये ६० वटा मुद्दाको फछ्र्यौट भएको विवरण पेश गरेको छ ।यसैगरी, शिक्षा युवा तथा खेलकुद शाखाले स्थानीय तहको पाठ्यक्रम हाम्रो चन्द्रागिरिको सम्पूर्ण लेखन कार्य सम्पन्न गरी मूल्यांकन समितिमा पठाईएको जानकारी दिएको छ । शाखाले संघीय सरकारको ३१ करोड ५ लाख ४५ हजार बजेट मध्ये ९५ प्रतिशत खर्च गरेको छ । त्यस्तै स्थानीय तहको ५ करोड ९७ लाख बजेट मध्ये ४३ दशमलव ४१ प्रतिशत गरेको छ ।

यस्तै, महिला बालबालिका तथा समाज कल्याण उपशाखाले जेष्ठ नागरिक दिवा, लागू दुव्र्यसन न्यूनिकरण, स्वास्थ्य सहायता, सूचना तथा सञ्चार, धर्म संस्कृति, जात्रापर्व लगायतका नियमित शीर्षकमा बजेट खर्च गरेको छ । मातातीर्थ आयुर्वेद औषधालयले वार्षिक समीक्षा विवरणमा औषधालयका सेवा शुल्क लिने योजना बनेको, नगरपालिकाबाट वार्षिक बजेट विनियोजन भएको भन्दै आयुर्वेदलाई उत्पादनसँग जोडेर लान जोड दिएको छ ।

यता, राजस्व शाखाले कूल २१ वटा शीर्षकबाट राजस्व उठाउँदै ५० करोड २१ लाख १९ हजार २ सय ६१ रुपैयाँ संकलन गरेको जानकारी दिएको छ । जसमध्ये सबैभन्दा धेरै वडा नं. १५ मा २ करोड ७२ लाख ९४ हजार ५ सय २३ राजस्व संकलन भएको थियो भने सबैभन्दा वडा नं. १३ मा ५९ लाख ४३ हजार १ सय ४० रुपैयाँ राजस्व संकलन भएको थियो ।

कृषि शाखाले आन्तरिक कार्यक्रम अन्तर्गत हाते ट्याक्टर वितरण, इलेक्ट्रिक स्प्रे, च्याउको विऊ खरिद तथा निःशुल्क वितरण, कुरिलोको विऊ खरिद तथा वितरण लगायतका १२ वटा शीर्षकमा बजेट खर्च गरेको जनाएको छ ।

आर्थिक विकास शाखाले एउटा नयाँ सहकारी संस्था दर्ता गरेको छ भने अन्तरक्रिया, तालिम लगायतका विभिन्न शीर्षकमा बजेट खर्च गरेको छ । शाखाले ४६ वटा ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत पत्र प्रदान गरेको छ भने ६० वटाको इजाजत पत्र नवीकरण गरेको छ । आन्तरिक लेखा परीक्षण शाखाले आ.व.२०७९-०८० मा गरेको लेखा परीक्षण अनुसार ६२ दशमलव ५ प्रतिशत अंक प्राप्त गरेको विवरण पेश गरेको छ ।

पूर्वाधार विकास शाखाअन्तर्गत ७ दशमलव २० किलोमिटर ढल तथा नाला निर्माण, २२ वटा योजनाअन्तर्गत सिंचाई कूलो तथा ट्याङ्की निर्माण, तीन वटा डिप बोरिङ, ५ वटा योजनाअन्तर्गत तटबन्ध, पुल निर्माण, ४५ सय वटा विद्युतीय सडक बत्ति जडानलगायतका १३ वटा विषयमा बजेट खर्च गरेको छ । शाखाले ६ सय ६२ वटा नयाँ घरको नक्सा पास गरेको विवरण समीक्षा बैठकमा पेश गरेको छ ।

त्यस्तै, पशु सेवा शाखा, रोजगार सेवा केन्द्रसहित १७ वटा विषयगत शाखाहरुले वार्षिक समीक्षा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय