

काठमाडौं । हरितालिक तीज पर्वको अवसरमा चन्द्रागिरि नगरपालिका भित्र रहेका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ ।






चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको चन्दन भराटेश्वर महादेवको मन्दिरमा भक्तजनको लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको छ । मन्दिरमा आउने भक्तजनहरु लामवद्ध भएर दर्शन गरिरहेका छन् । मन्दिरमा दर्शन गर्न आउने महिला दिदी बहिनीका लागि नाचगान गर्ने व्यवस्था मिलाइएको छ । मन्दिर क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरणलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।
साथै चन्द्रागिरि नगरपालिका वडा–६ मा रहेको मातातीर्थ मन्दिर छेउमा रहेको महादेव मन्दिरमा पनि श्रद्धालु महिलाको भीड लागेको छ ।