

काठमाडौं । नेपाली फिल्म ‘हल्कारा’ले ९६ औं ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्ने भएको छ ।
नेपालस्थित ओस्कारको छनोट कमिटीले फिल्मलाई अन्तर्राष्ट्रिय फिचर विधामा सिफारिस गर्ने निर्णय गरेको हो । छनोट भएको उक्त फिल्मलाई अक्टोबर १ सम्म अमेरिका पठाइने छ । आइसफल फिल्म्सले निर्माण गरेको विक्रम सापकोटा निर्देशित यो फिल्ममा महेश त्रिपाठी र विनिता थापा मगरको शीर्ष भूमिका छ । एक हुलाकी पात्रमार्फत फिल्ममा वैदेशिक रोजगारीको सामाजिक आयामको कथा प्रस्तुत गरियको छ । ओस्कार अर्वाडको अन्तर्राष्ट्रिय फिचर विधाका लागि हल्कारासहित डाकिनी, बुलाकी, नीरफूल र बगानले आवेदन दिएका थिए ।






अवार्ड बितरण आगामी मार्च १० मा अमेरिकाको लस एन्जलसमा हुनेछ ।