

सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म बिरगंज भन्सारको टोलिले मंगलबार बिशेष सूचनाको आधारमा ठुलो परिमाणमा समान पक्राउ गरिएको छ ।बिरगंज महानगरपालिका वडा न.१६ स्थित अबैध भन्सार छली चोरी पैठारी गरि ल्याउदै गरिरहेको अवस्थामा उक्त मालसमान बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताएका हुन ।
प्रस्तावित गुल्म बिरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहको कमान्डमा खटिएको बिशेष टोलिले भन्सार छली चोरीपैठारी गरि ल्याउन्दै गरेको अवस्थामा उक्त मालसमान पक्राउ गरिएको सशस्त्र प्रहरी बलले बताए ।






पक्राउ गरिएको मालसामानको भन्सार मुल्य रु,१०,००,३००।– दस लाख तीन सय बराबरको रहेको अबैध समान पक्राउ गरि आजै बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल १३ न. गण पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले बताए ।