

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री खड्काले संविधानप्रति आग्रह र पूर्वाग्रह नराखी नागरिकको हितमा जुट्न आह्वान गर्नुभएको छ । संविधान दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताए । भौतिक पूर्वाधार निर्माणका साथै आर्थिक र सामाजिक समृद्धिमा जोड दिनुपर्नेमा उहाँको जोड छ । खडकाले संविधानको मर्म र भावनाबमोजिम नागरिकलाई खुसी एवं सम्पन्न बनाउन, सुशासनको प्रत्याभूति दिन र भ्रष्टाचार अन्त्य गर्न राज्यका सम्पूर्ण संयन्त्रहरू प्रभावकारी रुपमा परिचालन भएको बताउनु भयो ।






संविधानको कार्यान्वयन गरी सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गर्नुपर्ने भनदै सबैको साझा दायित्व समतामूलक समाजको निर्माण रहेको पनि खड्काको भनाइ छ ।उहाँले नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन सबैलाई समर्पण भावका साथ जुट्ने आग्रह गर्दै अबको हाम्रो कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको बताउनु भयो । भौतिक पूर्वाधारका साथै आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिँदै नेपाली जनताको विकासप्रतिको अभिलाषालाई यथाशीघ्र साकार तुल्याउन अब हामी सबै थप समर्पण भावका साथ जुट्नुपरेको खड्काको भनाइ छ ।
उहाँले भन्नु भयो ’संविधानको कार्यान्वयनबाट सुन्दर र समृद्ध राष्ट्र निर्माण गर्दै जान जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट मुक्त गरी समतामूलक समाजको सिर्जना गर्नु हाम्रो साझा दायित्व हो ।’सरकार ’शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवामा सबै नेपालीको समान र सहज पहुँच होस् भन्ने विषयमासचेत र सजग रहेको भन्दै खडकाले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएका छौँ । यसमा आग्रह र पूर्वाग्रह नराखी नागरिकको हितमा जुट्न आह्वान गर्न चाहन्छु ।’
प्रधानमन्त्री र सभामुख देश बाहिर रहेकाले कार्यक्रममा अनुपस्थित थिए भने कार्यक्रममा राष्ट्रपति‚ उपराष्ट्रपति‚ प्रधानन्यायाधीश‚ राष्ट्रिय सभा अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।