नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद एसियाडमा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो ।

चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा आज भएको खेलमा नेपालले पहिलो सेट २५–९ ले गुमाएको थियो । त्यस्तै दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१३ ले नेपालले गुमायो । यसअघि नेपाल आफ्नो पहिलो खेलमा मंगलबार बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो । लगातार दोस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा जित बिहिन रुपमा बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय