साताको पहिलो कारोबारको दिन शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ४२ अंकले घटेर दुई हजार १० दशमलव ३५ विन्दुमा झरेको हो । आज ९० लाख तीन हजार कित्ता शेयर दुई अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबार रकमका आधारमा सन नेपाल लाइफ, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र हिमाल दोलखा हाइड्रोपावर कम्पनी क्रमशः अगाडि रहेका छन । आज ६२ कम्पनीको मूल्य बढेको छ भने १ सय ६६ वटाको घटेको छ । ३ वटाको मुल्य स्थिर रहेको छ । आज लघुवित्तबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै शुभम पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार घटेको दिनस्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय