प्रधानमन्त्री पुष्पकमल दाहाल तिब्बतको ल्हासा जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल चीनको छिङछोङ शहरबाट तिब्बतको ल्हासा जान लाग्नुभएको हो । ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । दाहाल तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन गर्नुहुने छ ।

प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङबीच द्वीपक्षीय वार्ता हुनेछ । दाहाल आज ल्हासामा बस्नु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय