काठमाडौं । साफ यू–१९ च्याम्पियनसीप फाइनल प्रवेशका लागि उपाधि दाबेदार भारतसँग नेपाल भिड्दै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतिस्पर्धा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाल समूह ए को उपविजेता र भारत समूह बीको विजेता हुन् ।



आजै हुने पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र भुटान बीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो साढे १ बजे दशरथ रंगशालामा सुरु हुनेछ । पाकिस्तान समूह एको विजेता र भुटान समूह बीको उपविजेता हुन् ।
फाइनल खेल शनिबार हुनेछ ।



