काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बिहिबार नै मतदान हुने भनिएता पनि सहमतिका लागि भन्दै मतदान आजका लागि तय गरिएको थियो ।
प्रदेश कमिटीको अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्रै प्रतिस्पर्धा भएको छ । सचिवमा हस्त पण्डित र नवराज सिलवालले उम्मेदवारी दिएका छन् ।






