काठमाडौं । चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता सुरु भएको छ ।

एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सह–आयोजनामा भएको दौड प्रतियोगितामा ४० वटा नगरपालिकाले सहभागीता जनाएका छन् । प्रतियोगितालाई दुई भागमा बाँडिएको छ । जुनियर टिममा १५० जनाले भाग लिएका छन् भने सिरियर टिममा ९८ जनाको सहभागीता रहेको छ । सिनियर टिममा विभागीय टिम आर्मी, पुलिस र सशस्त्रले पनि भाग लिएको छ । सिनियर टिममा १५ जना महिलाको सहभागीता रहेको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

प्रतियोगितामा सिनियर महिला तथा पुरुषको १० किलोमिटर र जुनियर तर्फ महिला तथा पुरुषको ५ किलोमिटर गरी ४ विधामा ब्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीलाई प्रतिस्पर्धा गराइएको छ । शीर्ष तीन स्थान हात पार्ने सिनियर व्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजारसहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरी जुनियर ब्यक्तिगत तर्फ शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै सिनियर तर्फ टीम प्रथमले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार नगदले पुरस्कृत गरिने छ ।

साथै प्रतियोगितामा सहभागी टिमले प्राप्त गरेको नतिजाको आधारमा समष्टिमा प्रथम हुने टिमले नगद ४२ हजार, द्वितीय हुने टिमले नगद ३० हजार, तृतीयले नगद १८ हजार, चौथोले नगद १४ हजार र पाँचौले नगद १२ हजार प्राप्त गर्नेछ ।

दौड प्रतियोगिता चन्द्रागिरि नगर कार्यपालिका कार्यालय बलम्बुबाट सुरु भई नगरपालिकाको विभिन्न स्थान हुँदै पुनः नगरपालिकामै आएर सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय