मोरङमा रहेको जनता क्यापसका विद्यार्थीहरुले रंगेली नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । बिधार्थीहरुले क्याम्पसमा सेवा सुविधाको ब्यवस्थापन गर्न माग गर्दै केही दिन अगाडि क्यापस प्रमुख तथा नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । तर, २४ दिन वितिसक्दा पनि माग सम्बोधनमा क्याम्पस प्रशासन र नगरपालिकाले कुनै चासो नदेखाएपछि बाध्य भएर नगरपालिका कार्यालय घेराउ गरिएको विद्यार्थीको भनाइ छ ।
उनीहरुले क्याम्पसमा गरिव किसानका छोरा छोरीलाई सहुलियत रुपमा पढाउनु पर्ने, नियमित रूपमा शिक्षकहरुले पठनपाठन गराउनुपर्ने, लाइब्रेरीमा पाठ्य पुस्तकहरुको पर्याप्त व्यवस्था गर्नुपर्ने, स्वच्छ खानेपानी उपलव्ध गराउनुपर्ने लगायतका माग राखी ज्ञापनपत्र बुझाएका थिए ।






