पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२० का ५० वर्षीय अनिलकुमार झा र सिरहा मिर्चैया–२ का ४० वर्षीय राजकुमार सदा रहेको प्रहरीले जनाएको छ ।
राजविराजवाट जनकपुरतर्फ जाँदै गरेको ना. ४ ख ७१८७ नम्बरको यात्रुवाहक वस अनियन्त्रित भई गोलबजार–९ मा पल्टिएर दुर्घटना भएको हो । घाइतेहरुको गोलबजारस्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।






