बझाङ केन्द्रविन्दु भएर आज दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ । भूकम्पको धनगढीसम्म धक्का महसुस भएको हाम्रा खबरदाताहरुले जनाएका छन ।  त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।


त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय