काठमाडौं । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजना असोज २० भोलिबाट हुने दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको ट्राइसिट सार्वजनिक भएको छ ।
भोलि हुने उद्घाटन खेलमा सोल्टी नेपाल र युनिक फुटबल क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सेतीदेवी युवा क्लवले पहिलो चरणबाट बाइ पाई सिधै दोस्रो चरणमा प्रवेश गरेको छ ।




कार्तिक ३ गते फाइनल खेल हुने प्रतियोगितामा विजेताले ३ लाख रूपैयाँ नगद, शिल्ड तथा मेडल पुरस्कार पाउने छ भने उपविजेताले नगद २ लाख रूपैयाँ र तेश्रो हुने टीमले नगद १ लाख नगद, शिल्ड तथा मेडल पुरस्कार पाउने छन् । प्रतियोगिताको बेस्ट प्येयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार नगद पुरस्कार र ट्रफि पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको बेस्ट टिमलाई २० हजार नगद दिइनेछ ।

खेल चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा रहेको मातातीर्थ फुटबल मैदानमा सञ्चालन हुने छ । खेल नकआउट प्रणालीमा खेलाइने मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्ता उदासले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले गर्ने कार्यक्रम तय भएको छ ।



