काठमाडौं । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा मातातीर्थ खेल मैदानमा जारी दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगितामा आज भएको पहिलो खेलमा ढाक्सी प्रगतिशिल युवा क्लबले फार भिजन युवा क्लबलाइ ४–० गोल अन्तरले हराएको छ ।




प्रतियोगितामा ढाक्सी युवा क्लबका रिपु धलानले ३ गोल गरेका थिए भने अनिल तामाङले एक गोल गरेका थिए । फार भिजनले कुनै गोल गर्न सकेन प्रतियोगितामा हाट्रीक गर्ने ढाक्सी प्रगतिशिल युवा क्लबका रिपु धलान मेन अफ द म्याच घोषित भए ।
यसैगरी, आजै भएको दोश्रो खेलमा गणेशमान स्मृती युवा क्लब चेकपोष्टले डिआर एफसी कलंकीलाइ ३–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ बराबरी भएको खेलको दोश्रो हाफको ६२औं मिनेटमा गणेशमान स्मृतीका सुमित थापाले गोल गर्दै अग्रता दिलाए । खेलको ६७ औ मिनेटमा रुपेश अधिकारीले गोल गरेपछि डिआरएफसी कलंकी २ गोलअन्तरले पछि पर्यो । खेलको इन्जुरी समयमा थप एक गोल गरेपछि गणेशमान स्मृती युवा क्लब ३–० गोल अन्तरले विजयी भएको हो ।

खेलको म्यान अफ द म्याच घोषित गणेशमान स्मृती क्लबका रुपेश अधिकारीलाइ चन्द्रागिरि नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठले मातातीर्थ मन्दिरको ऐतिहासिक फोटो प्रदान गर्नुभएको थियो ।

भोलि पहिलो खेल स्टार इलाभेन फुटबल क्लब र बार्नगंगा फुटबल क्लब बीच दिउँसो १ बजे हुनेछ भने दोश्रो खेल एस वाइ सी वालागाउँ र क्लिन भिजन फुटबल क्लबबीच दिउँसो ३ बजे हुनेछ ।



